तीन कम्पनीको ३.४१ लाख कित्ता शेयर बिक्रीमा

२१ असार २०८१, शुक्रबार ०७:१८

काठमाडौं । प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ४१ हजार १३७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कम्पनीहरूले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएका हुन् ।

प्रभु बैंकले १० जना संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ३३ हजार ७९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

कुमारी बैंकले पाँच हजार ४९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । यस शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

आशा लघुवित्तले एक हजार ८४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई काभ्रेपलाञ्चोकको बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा उक्त संस्थापक शेयरहरू सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीहरूले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*