मैलुङ खोला जलविद्युतको लक इन अवधि साउन २६ गते सकिने

२१ असार २०८१, शुक्रबार ०६:४८

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको शेयरको लक इन अवधि आउँदो साउन २६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले २०७४ साल जेठ १७ देखि ३१ गतेसम्म स्थानीय बासिन्दाका लागि र २०७८ साल साउन १४ देखि १९ गतेसम्म सर्वसाधारणमा (कर्मचारीहरू समेत) मा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २०७८ साल साउन २६ गते शेयर बाँडफाँड गरेको थियो । उक्त मितिबाट तीन वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ ।

कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक शेयर, तीन लाख ६८ हजार १४४ कित्ता स्थानीयको शेयर र १४ हजार ७२६ कित्ता कर्मचारीको शेयर लक इनमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*