यस्तो छ महामन्त्री मुकुल ढकाललाई निलम्बनमा पार्ने प्रतिवेदन (पूर्णपाठ)

२० असार २०८१, बिहीबार १७:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाललाई निलम्बनमा समेत पार्ने अवस्था सिर्जना गरेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ ।

स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन महामन्त्री ढकालले ल्याएपछि अहिले उनलाई त्यसैले संकटमा पारेको छ । उनले ‘समीक्षा यात्रा–फोक्सुन्डो शीर्षकमा तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।

रास्वपाका संस्थापकमध्ये एक उनले उक्त प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । ढकालले उक्त प्रतिवेदनमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको उल्लेख गरेका थिए ।

बुधबारको बैठकमा प्रतिवेदन पेश गर्न नदिइएपछि त्यहीकुरा उनले सञ्चारमाध्यममा बताइसकेका छन् । ढकालले सभापति लामिछानेको पनि चर्को आलोचना गर्दै पार्टी सुधारको विकल्प दिँदा आफूमाथि राजनीतिक षड्यन्त्र भएको गुनासो गरेका छन् ।

उनले उक्त प्रतिवेदन गत साता बुधबार पार्टी सभापति लामिछानेलाई बुझाएका थिए ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ :

समीक्षा_यात्रा_प्रतिवेदन_२०८१०३१२

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*