१५.४६ अकंले बढ्यो शेयर बजार, ११ उपसूचकमा हरियाली आउँदा साढे ६ अर्बको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले बढेको छ । अबको मौद्रिक नीति खुकुलो आउने आशले लगानीकर्तामा उत्साह आइरहेको छ । गर्भनर महाप्रसाद अधिकारीले समेत मौद्रिक नीति खुकुलो आउने संकेत गरी सकेका छन् । यता, बैंकको ब्याजदर ओरालो लागि रहेको र अर्थतन्त्र समेत सुधार तिर लम्कि रहेको हुँदा बजारले गति लिन आंकलन लगानीकर्ताहरुको छ ।
नेपाल स्कट एक्सचेञ्ज (नेप्से) १५.४६ अकंले बढेर २११९.६९ बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ६ अर्र्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.४८ प्रतिशत, विकास बैंक समूहको ३.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बिहिबार एनआरएन इन्फाइट्रचरको ३० करोड रुपैयाँ, नेपाल फाइनान्सको १७ करोड र महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।