महंगीयो यामाहा मोटरसाइकलको मूल्य, अब आर १५ एमको मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ

२० असार २०८१, बिहीबार १३:१३

काठमाडौं । यामाहा मोटरसाइकलले मूल्य बढाएको छ । कम्पनीले एक मोटरसाइकलमा २० हजार रुपैयाँसम्मले मूल्य बढाएको हो ।

६ लाख १९ हजार ९०० रुपैयाँमा बिक्री भइरहेको आर १५ एमको मूल्य २० हजारले बढेर ६ लाख ३९ हजार ९०० रुपैयाँ पुगेको छ । त्यस्तै, एमटी १५ बीएस ६ दुई भेरियन्टमा १४ हजार र १५ हजार रुपैयाँले मूल्य बढेको छ ।

कम्पनीले एमटी १५ नर्मलमा १४ हजारले मूल्य बढेर ५ लाख २८ हजार ९०० रुपैयाँ, ह्वाइट एण्ड सीडब्लूवाईमा १५ हजारले बढेर ५ लाख २४ हजार ९०० रुपैयाँ, एफजेडएस एफआई भी टुको मूल्य ९ हजारले बढेर ३ लाख ७४ हजार ९०० रुपैयाँ र एफजेड एफआई भी टुको मूल्य १४ हजारले वृद्धि गरेर ३ लाख ५५ हजार ९०० रुपैयाँ कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*