जेठ महिनामा १ अर्ब २१ करोड रुपैयाँको बीमा पोलिसी सरेन्डर, कुन कम्पनीको कति ?

२० असार २०८१, बिहीबार १३:११

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा एक अर्ब भन्दा बढी रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जेठ महिनामा १४ वटा जीवन बीमा कम्पनीहरुबाट १० हजार ९३५ वटा बीमा पोलिसीबाट एक अर्ब २१ करोड ६२ लाख ४० हजार रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको हो ।

जेठ महिनाको तथ्यांक अनुसार जेठ महिनामा नेपाल लाइफ इन्स्योरेन्सको २ हजार २०९ वटा पोलिसी सरेण्डेर भएका छन् । उक्त पोलिसीहरुबाट कम्पनीको ३५ करोड ९७ लाख रुपैयाँ सरेण्डर भएको छ ।

त्यस्तै एक महिनामा धेरै पोलिसी सरेन्डर हुने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेड रहेको छ । एक महिनाको अवधिमा यो कम्पनीको ३५ करोड ४९ लाख रुपैयाँ बराबरको ३ हजार ४६३ वटा पोलिसी सरेन्डर भएका छन् ।

त्यस्तै यो अवधिमा राष्ट्रिय बीमा कम्पनीको ११ करोड ३० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । जेठ महिनामा यो कम्पनीको १ हजार ४०८ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । धेरै पोलिसी सरेन्डर हुने कम्पनीको चौथो नम्बरमा रहेको नेसनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीका ६३६ वटा बीमा पोलिसीबाट ७ करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको तथ्यांक छ ।

प्राधिकरणको तथ्यांकअनुसार जेठ महिनामा मेट लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड २४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । एक महिनामा यो कम्पनीका ३९२ वटा पोलिसी सरेन्डर भएका छन् । त्यस्तै जेठ महिनामा एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ७३ लाख रुपैयाँ बराबरको ७७६ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । यो अवधिमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १ करो ३२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा कम्पनीका १४७ वटा पोलिसी सरेन्डर भएका छन् ।

त्यस्तै यो अवधिमा सिटिजन लाइफको १ करोड २३ लाख रुपैयाँको २४६ वटा पोलिसी सरेन्डर भएका छन् । जेठ महिनामा सूर्यज्योति लाइफको ६ करोड ९७ लाख रुपैयाँ बराबरको ५९८ वटा, सानीमा रिलायन्स लाइफको १ करोड ६३ लाख रुपैयाँ बरारबको १२० पोलिसी, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ६३ लाख रुपैयाँ बराबरको ५६८ वटा र प्रभु महालक्ष्मी लाइफको ३ करोड ४२ लाख रुपैयाँको १८१ वटा बीमा पोलिसी सरेन्डर भएका छन् ।

त्यस्तै जेठ महिनामा सन नेपाल लाइफ इन्स्योरेन्सको ४४ लाख रुपैयाँ रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो जेठ महिनामा कुनै पनि कम्पनीको सरेन्डर भउको रकम र संख्या दुवैमा सबैभन्दा कम हो । जेठ महिनामा यो कम्पनीको ५७ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा रिलायबलको १३४ वटा बीमा पोलिसी सरेन्डर भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*