एनएमबि लघुवित्तको साधारणसभा भोलि

२० असार २०८१, बिहीबार १३:०४

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि असार २१ गते ११औं वार्षिक साधारणसभा गर्दैछ । कम्पनीको जेठ ३१ बसेको सञ्चालक समितिको बैठकले पोखराको होटल बाराहीमा दिनको साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । संचालक समितिमा एक जना संस्थापक र दुई जना सर्वसाधारण, स्वतन्त्र संचालक र एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने संचालकको नियुक्ति गर्नेछ ।

कम्पनीले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउने र सोको लागि संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार ७ गतेदेखि बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*