तनहुँ जलविद्युत् आयोजनाले २५ करोड रूपैयाँ लागतमा वानटाङ खोलामा पुल बनाउँदै

२० असार २०८१, बिहीबार १२:५०

काठमाडौँ । तनहुँ जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया सुरु गरेको हो ।

वर्षौँदेखि खोलामा पुल नहुँदा समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दालाई पुल बनेपछि आवागमनमा सहजता हुने भएको छ।आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत यहाँ पुल निर्माण गर्न लागिएको हो । २५ करोड रूपैयाँ लागत अनुमानसहित यही असार १४ गते बोलपत्र आह्वान गरिएको छ ।

भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने भिमाद–ऋषिङ खण्डअन्तर्गत वानटाङ खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। खोला बढेको बेला स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य छन् ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा विभिन्न योजना सञ्चालन गरिरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए। उहााँ खनुसार हालसम्म सामुदायिक विकासतर्फ ५३ योजना सम्पन्न भइसकेका छन् भने १२ वटा योजना चालु अवस्थामा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*