आँखुखोला जलविद्युतलाई हकप्रद निष्काशनको अनुमति

२० असार २०८१, बिहीबार १२:२१

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

यस कम्पनीले एक करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले कम्पनीको सोही माग बमोजिम हकप्रद शेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*