निरन्तर खस्किदै सर्वोत्तम स्टील्सको व्यापार, एक वर्षको अवधिमा १ अर्ब १८ करोड रुपैयाँ नाफा गायब

२० असार २०८१, बिहीबार १२:०१

काठमाडौँ । सौरभ ग्रुपद्धारा प्रवद्र्धित सर्वोत्तम स्टील्स लिमिटेडको व्यापार निरन्तर खस्किदै गएको छ । निर्माण व्यवसायीहरुको नजर कम्पनीको स्टील्समा नपर्दा कम्पनीको व्यापार निरन्तर ओरालो लागि रहेको हो ।

कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको मात्र व्यापार गरेको छ । जुन सन् २०२२ को तुलनामा १ अर्ब १८ करोड १० लाख रुपैयाँ गायब हो । कम्पनीले सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले २ अर्ब ६३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीको व्यापार सन्तोषजनक होइन् । सन् २०१७ मा स्थापना भएको सर्वोत्तम स्टिल २०२१ मा पब्लिक लिमिटेड कम्पनी बनेको हो। यस्तै टिएटी छडको क्षमता २ लाख ३५ हजार टन छ। उद्योगले आफ्नो मेल्टिङ प्लान्टबाट बिलेट बनाउँदै आएको छ। तर, पछिल्लो समय कम्पनीले उत्पादन गर्ने समान ग्राहकले रुचाउन छोडि सकेका छन् ।

उद्योगको अध्यक्ष तथा प्रवन्ध निर्देशकमा विष्णु न्यौपाने छन्। उनको सर्वोत्त स्टिलमा २५ प्रतिशत हिस्सा छ। बाँकी ७५ प्रतिशत व्यक्तिगत लगानीकर्ताको छ। न्यौपाने र अग्रवाल परिवारले स्टिल उद्योग सञ्चालनमा ल्याएका हुन्। दुबै परिवारको स्टिल र सिमेन्ट उत्पादन उद्योगमा लामो अनुभव छ। यो बाहेक स्पिनिङ मिल, चिया बगान, सिन्थेटिक प्याकेजिङ्ग झोला, प्लास्टिक प्याकेजिङ निर्माण आदिमा लगानी छ। स्टिल र सिमेन्ट उद्योगमा समूहका अन्य एकाइहरू जगदम्बा सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील्स सञ्चालनमा छन् ।

विवादै विवादकाबीच आयकर छुट लिई उक्त गु्रपले सर्वोत्तम सिमेन्टको आइपीओ निष्कासन गरेको थियो । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ बिधिबाट आयोजना प्रभावित स्थानीयलाई जारी गरेको आइपीओ बहिस्कार भएको थिए । प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्दै आइरहेका स्थानियले सर्वाेत्तमले ३६० रुपैयाँ १० पैसामा निष्कासनमा ल्याएपछि ७३.२८ प्रतिशत कित्ता सेयर स्थानियबाट बहिस्कार भएको थियो । तर, चलखेल गरेर सर्वसाधारणमा भने कम्पनीले शेयर बिक्री गर्ने सफल भएको थियो ।

सो कम्पनीले विगत सात वर्षदेखि नेपाल सरकारबाट पाएको अर्बौ रुपैयाँ कर छुट सुविधासमेत गणना गरेर सरकार र लगानीकर्ता दुवैलाई ढाँटेर बुक बिल्डिङमा आईपिओ जारी गर्न लागेको भन्दै धितोपत्र बोर्ड, अर्थमन्त्रालय र अख्तियारमा उजुरी परेको छ । सो सम्बन्धमा अर्थमन्त्रालयले छानविन गर्न धितोपत्र बोर्डमा पत्राचार गरेको भएपनि नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुले घुस खाएर सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओलाई जारी राख्न अनुमति दिएका थिए । सुरुवातमा चलखेल गरे निकै उच्च शेयर मूल्य बनाएपनि पछिल्लो समय कम्पनीको शेयर ओरालो लागि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*