९१ हाइड्रोपावरमध्ये १५ ले मात्र दिए लाभांश, ७६ कम्पनीका लगाानीकर्ताको हात खाली (सूचीसहित)

२० असार २०८१, बिहीबार ११:५७

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ९१ वटा हाइड्रोपावर कम्पनीहरुमध्ये १६ वटाले मात्र लगानीकर्ताहरुलाई प्रतिफल वितरण गरेका छन् । आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट १६ वटा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई न्यूनतम २ प्रतिशत नगद देखि अधिकतम् १५ प्रतिशत बोनश शेयरसम्म लाभांश वितरण गरेका हुन् ।

हाइड्रोपावर कम्पनीहरुमा सञ्चालकहरुले गरेको अनियमितता, नियमनको कडा कानुन र देशमा उत्पन्न आर्थिक संकटका कारण दुई तिहाई भन्दा बढि सूचिकृत कम्पनीहरुका लगानीकर्ताहरुले यस वर्ष प्रतिफल पाउन सकेनन् । कम्पनीहरुले विभिन्न आर्थिक वर्षमा बैंकहरुको कर्जा तिर्नको लागि हकप्रद शेयर समेत निष्काशन गर्ने गरेका छन् ।

सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनीहरुमध्ये माउण्टेन इनर्जीले सबैभन्दा बढी लाभांश वितरण गरेको छ । कम्पनीले यस अवधिमा १५ प्रतिशत बोनश शेयर र ० दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । अधिकांश हाइड्रोपावर कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई निराश बनाएका छन् ।

साथै, कालिका पावर कम्पनी र सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनश र ० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । त्यस्तै, नेपाल हाइड्रोपावरले ७ प्रतिशत बोनश र ० दशमलव ३७ नगद लाभांश वितरण गरेको छ ।

मन्दाकिनी हाइड्रोपावरले ४ दशमलव २५ प्रतिशत बोनश र ० दशमलव २५ प्रतिशत नगद लाभांश, मैलुङ्ग खोला हाइड्रोपावरले २ दशमलव २२ प्रतिशत बोनश र ० दशमलव १२ प्रतिशतले नगद र अन्य ७ कम्पनीले नगद लाभांश मात्र वितरण गरेको छ । सञ्चालित सम्पूर्ण हाइड्रोपावर कम्पनीहरुमध्ये १२ वटाले चाँही आर्थिक वर्ष २०७९।०८० को वार्षिक साधारण सभा समेत गर्न सकेका छैनन् ।

सूची :

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*