जोर्डनले ५० जना महिला घरेलु कामदारलाई निःशुल्क लैजाने

२० असार २०८१, बिहीबार ०८:४५

काठमाडौं । जोर्डनले ५० जना नेपाली महिला कामदारहरूलाई निःशुल्क लैजाने भएको छ । जोर्डन शहरमा रहेको सहर हिन्द वी एस्ट कम्पनीले ४९ जना घरेलु कामकाज र एक जना अफिस सेक्रेटरीको रूपमा नेपाली महिला कामदार लैजान लागेको हो ।

कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्नेछ भने करार अवधि दुई वर्षको रहेको छ । कामदारहरूलाई खानेबस्ने सहित कम्पनीको नियमअनुसार वार्षिक विदा र ओभरटाईमको सुविधा उपलब्ध रहेको छ । यसमा घरेलु कामदारले मासिक ४६ हजार र अफिस सेक्रेटरीले मासिक ५३ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

इच्छुक कामदारले काठमाडौंको जयबागेश्वरीस्थित अर्थ् भिजन मेनपावर सर्भिस प्रा.लि. को कार्यालयमा असार २७ गते अन्तर्वार्ता दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*