सामूहिक राजिनामा दिन एमालेका मन्त्रीहरु बालुवाटारमा

१९ असार २०८१, बुधबार १९:५२

काठमाडौं । नयाँ सत्ता समिकरण बन्ने भएपछि नेकपा एमालेका मन्त्रीहरु सामूहिक राजिनामा दिन बालुवाटार पुगेका छन् ।

सोमबार राति नेपाली कागेंस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमती भएपछि एमालेका नेताहरुले सामुहिक राजिनामा दिन बालुवाटार पुगेका हुन् ।

एमालेबाट सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा आठ मन्त्री सहभागी छन् । सोमबार मध्यराती भएको दुई दलबीच दुईपक्षिय सहमतीसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ।
योसँगै संसदमा चारपटकसम्म विश्वासको मत जितेका प्रधानमन्त्री प्रचण्ड यो पटक अल्पमतमा पर्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*