सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

१९ असार २०८१, बुधबार १८:४७

काठमाडौं । सहकारीको क्षेत्रमा पर्यायवाची नामजस्तै बनिसकेका आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् ।

काठमाडौंको बालाजुबाट सहकारीको बचन हिनामिना गरेको अभियोगमा उप्रेतीलाई महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो ।

आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । राम्रोसँग चलिरहेको उनको सहकारी मर्ज भएपछि समस्या आएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*