नेप्सेमा नागरिक लगानी कोष र हिमालय उर्जाको शेयर मूल्य समायोजन

१९ असार २०८१, बुधबार १८:२९

काठमाडौँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार नागरिक लगानी कोषको बोनस र हिमालय उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रदको बुकक्लोजसँगै मूल्य समायोजन भएको हो ।

दुबै कम्पनीले भोलि अर्थात् असार २० गते बुकक्लोज मिति तोकेका छन् । सोही अनुसार बुधबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर शेयर मूल्य समायोजन गरिएको हो ।

नेप्सेका अनुसार नागरिक लगानी कोषको १४ प्रतिशत बोनस समायोजनपछि कोषको प्रतिकित्ता सेयर मूल्य १८७३.६८ रुपैयाँ निर्धारण गरिएको छ । बुधबार कोषको प्रतिकित्ता २१३६ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै हिमालय उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रदपछि प्रतिकित्ता मूल्य १८४.५० रुपैयाँ तोकिएको छ । बुधबार कम्पनीको २६९ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*