आइएमई लाइफको मेहेलकुना उपशाखाद्वारा बीमा दावी भुक्तानी

१९ असार २०८१, बुधबार १८:१२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १४ कि गौमाया खड्काको घरमा काम गर्दागर्दै एक्कासि बेहोस भई उपचारको लागि हस्पिटल लैजादै गर्दा गत जेष्ठ १४ गते मृत्यु भएको थियो ।

मृतक गौमायाले गरेको बीमा अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेपश्चात उनको छोरा निशान्त खड्कालाई कम्पनीले ३ लाख ५० हजार रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो । मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएकोले कम्पनीले मूत्यु दावी भुक्तानी गरेको हो । कम्पनीको मेहेलकुना उपशाखाले मृतकको घरमा गई दावी भुक्तानी दिएको छ ।

मृतकको परिवारलाई आइएमई लाइफ इन्स्योरेन्स मेहेलकुना उपशाखा प्रमुख दिपक बहादुर रावत लगायतले बीमा बापतको रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कम्पनीका मेहेलकुना उप–शाखा प्रमुख दिपक बहादुर रावतले म्यादी जीवन बीमाको बारेमा जानकारी गराउदै उक्त रकम हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*