नेप्सेमा नागरिक लगानी कोष र हिमालयन उर्जाको बोनश शेयरमूल्य समायोजन

१९ असार २०८१, बुधबार १७:००

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषसहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार नागरिक लगानी कोषको बोनस सेयर र हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिमा कारोबार मूल्य २१३६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य १८७३.६८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, हिमालय ऊर्जाको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बुधाबरको अन्तिम कारोबार मूल्य २६९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ। समायोजन पश्चात कम्पनीको मूल्य १८४.५० रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*