सहकारीका ऋणीले ३ महिनासम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

१९ असार २०८१, बुधबार १७:४१

काठमाडौँ । गत वर्ष खराब ऋणीको सूचीमा नपरेका सहकारीका ऋणीले पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गर्दा ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । बुधबार सहकारी विभागले एक निर्देशन जारी गर्दै उक्त निर्देशन दिएको हो ।

यसरी कर्जा पुनर्तालिकीकरण गर्दा यसअघि यस्तो सुविधा नलिएका ऋणीको मात्रै उक्त सुविधा पाउने विभागले जनाएको छ । परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग, आवश्यकता र औचित्यता समेतको आधारमा कर्जा पुनर्तालिकीकरण गर्न सकिनेछ ।

निर्देशनमा भनेको छ, ‘यसरी पुनर्तालिकीकरण गर्दा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघी यस्तो सुविधा नलिएका ऋणीको हकमा मात्र कर्जामा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी सावाँलाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिनेछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*