राष्ट्र बैंकद्वारा बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज

१९ असार २०८१, बुधबार १६:३२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । केन्द्रिय बैंकले एक सूचना जारी गर्दे यस्तो जनाएको हो ।

गत असार १ गतेबाट सरकारी ऋणपत्रहरुको निष्कासन, नवीकरण, दोस्रो बजार कारोबार र भुक्तानीलगायतका कार्य अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुँदै आएको छ। यसअघि यी कार्य राष्ट्र बैंकले गर्दै आएको थियो। त्यसका लागि केन्द्रीय बैंकले बजार निर्माता तथा बिक्री एजेन्टहरुलाई इजाजतपत्र प्रदान गर्दै आएको थियो ।

अब बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*