फाइनान्समा लगानीकर्ताको आकर्षण, बुधबार कुन कम्पनीको कतिले आयो उछाल ?

१९ असार २०८१, बुधबार १५:३८

काठमाडौँ । साताको चौंथो कारोबार दिन बुधबार ब्यापार र फाइनान्स समूहमा उत्साहजनक बढोत्तरी आएको छ । प्रचण्ड नेतृत्वको सरकारबाट अलग भएर नेकपा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको साथ रोज्ने निर्णयपछि मंगलबार नेप्सेमा दुई ओटा सकारात्मक सर्किट लागेर अन्त्यमा ४७.०४ अंकको बढोत्तरीमा बजार बन्द भएको थियो । बुधबार भने बिहानदेखि घटि रहेको बजार अन्तिम तिर आएर केहि झिनो सुधार देखिएको हो ।

बजारमा कम पुँजी भएका लो क्याप कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । यसदिन फाइनान्स समूहको शेयर १४८.८५ अकंले बढेर २६११.०७ बिन्दुमा कायम भएको छ । आज कारोबारमा आएका सबै फाइनान्स कम्पनीमा उछाल आएको हो ।

बुधबार चार फाइनान्स शेयरमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स, आइसिएफसि फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक तथा फाइनान्स र मञ्जु श्री फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*