शेयर बजारमा झिनो सुधार, पाँच अर्ब कारोबार पुग्दा फाइनान्स र व्यापारमा झुम्मिए लगानीकर्ता

१९ असार २०८१, बुधबार १५:०६

काठमाडौँ । मंगलबार दुई पटक सर्किट लागेको शेयर बजार आज भने केहि सुस्ताएको छ । बजार आज केहि सामान्य अकंले बढेको हो । आज बजारमा दिनभर उतार–चढाब कायमै रहेको छ । एमाले र काँग्रेस मिलेर सरकार बन्ने भएपनि अर्थमन्त्री विष्णु पौडेल बन्ने आशले उत्साहित शेयर बजारमा लगानीकर्ता तत्काल सरकार नबन्ने भएपछि केहि निराश बन्न पुगेका छन् ।

यता, मौद्रिक नीति लचिलो आउने संकेत गर्भनर महाप्रसाद अधिकारीले गरी सकेका छन् । अर्थतन्त्र समेत विस्तारै लयमा आइरहेको छ । ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको छ । सोहि कारण समेत अब शेयर बजारले नयाँ उचाई नै कायम गर्ने तर्क जानकारहरुका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७९ अकंले बढेर २१०४.२२ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन लगानीकर्ता फाइनान्स र व्यापार समूहको झुम्मिएका छन् । बुधबार फाइनान्स समूहको ६.०४ प्रतिशत र व्यापार समूहको ६.१२ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको हो । साथै, विकास बैंक समूहको २.७१ प्रतिशत र वाणिज्य बैंक समूहको ०.६३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*