साइमेक्स इंकको ठगीधन्दा, एउटै बिवाईडी गाडीबाट २२ लाख रुपैयाँ ठगिँदै उपभोक्ता

१९ असार २०८१, बुधबार १५:५६

काठमाडौँ । किलोवाट ढाँटेर विद्युतीय गाडि आयात गरी अर्बौ राजस्व छलि गरी गरेको चिनियाँ गाडी बिवाईडीको नेपाली बिक्रेता कम्पनी साइमेक्स इंकले थप अर्का घोटाला गरेको खुलासा भएको छ । कम्पनीलाई उपभोक्तालाई आवश्यकता भन्दा बढी मूल्य असुलि गरेको तथ्य बाहिर आएको हो ।

५० देखि १०० किलोवाटसम्मका बिवाईडीको एट्टो ३ ईभी गाडि भन्सार बिन्दुसम्म आइपुग्दा २८ लाख ५९ हजार १९५ रुपैयाँ पर्ने गरेको छ । जसमा १३ प्रतिशत भ्याट र २५ प्रतिशत कर जोड्दासम्म ३९ लाख ४५ हजार ६८९ रुपैयाँ पर्छ । त्यसमा १० प्रतिशत अन्तशुल्क जोड्दा ४३ लाख ४० हजार २५७ रुपैयाँसम्म पुग्छ । तर, बिवाईडीले उक्त किलोवाटसम्मका गाठि ६५ लाख ८८ हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको छ ।

बिवाईडी बिक्रेता साइमेक्स इंकले एउटै गाडिबाट २२ लाख ४७ हजार नाफा असुल्दै आइरहेको छ । शो रुम संचालन र जनशक्तिको खर्च थप ५ प्रतिशत जोड्दा समेत कम्पनीले धेरै नाफा असुल गरेको देखिन्छ । यसमा आयातकर्ताले आफ्नो नाफा जोडेर बिक्री गर्छ ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले २० प्रतिशत नाफा लिन पाउने व्यवस्था गरेको छ । तर, कानुनको धज्जी उडाउँदै आइरहेको साइमेक्सले उपभोक्ता माथि ब्रहलुट गरेको छ । जसमा कम्पनीले ३४ प्रतिशत भन्दा बढी नाफा लिएको देखिन्छ ।

यसअघि, बिवाईडीको ई–सिक्स मोडेलको कार आयातमा न्यून बिजकीकरण गरेको भन्दै भन्सार विभागले साइमेक्स इंकमाथि करोडौं रुपैयाँ जरिमाना गराएको थियो । बिवाईडी ई–सिक्स गाडी नेपाल भित्र्याउँदा भन्सारको प्रज्ञापनपत्रमा घोषित मूल्य र वास्तविक मूल्य फरक भएको विभागले फेला पारेको थियो ।

साइमेक्सले सोबेला प्रतिगाडी करिब १० लाख रुपैयाँ न्यून बिजकीकरण गरेर राजस्व छली गरेको थियो । मुनाफाको अधिकतम् हिस्सासहित सो गाडी २२ लाख रुपैयाँको हाराहारीमा बिक्री गर्नुपर्नेमा साइमेक्सले साढे ५७ लाख रुपैयाँमा बिक्री गरेको आरोप छ ।

सरकारले गाडीको क्षमता (किलोवाट)का आधारमा कर निर्धारण गर्दै आएको छ । बजेटपछि आएको आर्थिक विधेयक २०८१ को करको दरनुसार ५० किलोवाटसम्मका विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगाएको छ । त्यसअघिसम्म अन्तःशुल्क थिएन, १० प्रतिशत भन्सारदर थियो ।

बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी

यस्तै, ५१ देखि १०० किलोवाटमा थप ५/५ प्रतिशत भन्सार र अन्तःशुल्क बढाइसकेको छ । यस क्षमताका गाडीमा त्यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क थियो । १०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क रहेको छ । त्यसअघि भन्सार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत थियो ।

ट्राभलर चार्जर निकालेर घोटाला

साइमेक्स इंक प्रालीले गाडीमै आउने ट्राभलर चार्जर झिकेर ग्राहकलाई नै बिक्री गर्ने गरेको तथ्य पनि बाहिर आएको छ । कम्पनीले रसुवाको भन्सार कटेपछि सबै गाडिबाट ट्राभलर चार्जर निकालेर एउटै गाडीमा ल्याउने र त्यसलाई ५४ हजारदेखि ६४ हजारसम्म बिक्री गरेको पाइएको हो ।

कम्पनीले एट्टो ३ गाडीमा आउने ट्राभलर चार्जरलाई निकाल्ने पछि बिक्री गर्ने गरेको साइमेक्सकै एक कर्मचारीले बताए । ट्राभलर चार्जर गाडिमा आउने गर्छ तर साइमेक्सले निःशुल्क दिनुपर्नेमा उक्त चार्जर निकालेर छुटै बिक्री गर्ने गरेको उक्त कर्मचारीले बताए । ग्राहकले छुट माग्दा ६४ हजारको चार्जर फ्रिमा भनेर पनि दिने गरेको छ ।

‘भन्सारबाट कटेर आइसकेपछि एट्टो ३ मा आउने चार्जर झिक्ने गरीन्छ । पछि ट्राभलर चार्जर बजारमा लगेर ग्राहकलाई ५० हजार भन्दा माथि बिक्री भइरेहेको छ’ उनले भने, ‘यसरी बिक्री गर्दा ग्राहक त ठगिएकै छन् भन्सार राजस्व पछि ट्राभलर चार्जरबाट छलि भइरहेको छ ।’

बिवाईडीको गुणस्तरमा समस्या, ढुवानी गर्दा बाटोमा कुच्चिएपछि दुबई र युरोपमा हजारौँ गाडी बिक्री भएनन्

One thought on “साइमेक्स इंकको ठगीधन्दा, एउटै बिवाईडी गाडीबाट २२ लाख रुपैयाँ ठगिँदै उपभोक्ता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*