नारायणी डेभलपमेन्ट बैंकको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१९ असार २०८१, बुधबार १०:३१

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीहको नाममा रहेको ४७ हजार २८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई चितवनको रत्ननगर–०१, टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधराणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*