इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१९ असार २०८१, बुधबार १०:२२

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधराणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*