आजसम्म कायम शेयरधनीले हिमालयन ऊर्जाको हकप्रदमा आवेदन दिन पाउने
१९ असार २०८१, बुधबार ०९:१३
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रद शेयरमा आज असार १९ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद शेयरका लागि भोलि २० गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले असार ७ गते नेपाल धितोपत्र बोर्डबाट १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद निष्काशन तथा बिक्री गर्न अनुमति पाइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न लागेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर जारीपश्चात् कम्पनीको चुक्ता पूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।