प्रतिकित्ता ५० रुपैयाँमै नेशनल फण्डको हकप्रद आजदेखि बिक्रीमा

१९ असार २०८१, बुधबार ०६:४७

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आज असार १९ गते देखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमै शेयर बिक्री खुला गरेको हो ।

कम्पनीको जेठ २५ गते सम्पन्न विशेष सधाराणसभाले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि ५४ करोड रुपैयाँ चुक्ता पूँजीको ५० प्रतिशत (२ः१ अनुपात) मा शेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । सोही प्रस्ताव बमोजिम कम्पनीले २७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर ५० रुपैयाँ अंकित मूल्यमा बिक्री खुला गरेको हो ।

उक्त हकप्रद शेयर खरिद गर्न इच्छुक शेयरधनीले साउन २२ गते कार्यालय समयभित्र ललितपुरको कुपण्डोलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त फाराम बुझाउनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*