कर्पाेरेट डेभलपमेन्ट बैंकको साधारणसभा आज

१९ असार २०८१, बुधबार ०६:१७

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले आज असार १९ गते साधारणसभा गर्दैछ । बैंकको जेठ ३० गते बसेको संचालक समितिको बैठकले वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष (आव) २०७९।८० को संचालक समिति र लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७८।७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । कर्पाेरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

यस बैंकको साधारणसभामा जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*