नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम

१८ असार २०८१, मंगलवार १९:०६

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय, विराटनगरले आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री राम ब मगरको प्रमुख अतिथीमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलको अध्यक्षता तथा प्रस्तुतिकरणमा प्रदेश सरकारले दिने सेवालाई बीमामा आवद्ध गरी नागरिकको आर्थिक सुरक्षा गरी जीवन यापन सहज बनाउन सकिने वैकल्पिक विधिहरुका साथै प्रदेश सरकारले दिगो बीमा नीति बनाई आफ्नो क्षेत्रको जोखिम पहिचान गरी विशेष वर्ग तथा क्षेत्रलाई लक्षित गरी कार्यक्रम तथा योजना निर्माण गर्न सकिने विषय प्रस्तुतिकरणमा आएको थियो ।

उक्त कार्यक्रममा वन मन्त्रालयका, आन्तरिक मामिला, भौतिक योजना, कृषि तथा आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिवहरुले आ आफ्ना विषयगत मन्त्रालयसँग सम्बन्धित विषयका लागि बीमा प्राधिकरणसँग समन्वय गर्ने बताएका थिए । साथै प्रदेश योजना आयोगका उपाध्यक्ष डा। राजेन्द्र अधिकारीले बीमालाई प्राथमिकतामा राखेर आगामी दिनमा प्रदेशका कार्यक्रम तथा योजना बनाइने बताए ।

राज्यमन्त्री सृजना राईले यस्ता कार्यक्रमले पक्कै पनि किसान तथा थोरै आम्दानी हुने वर्गलाई हित गर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी आर्थिक मामिला मन्त्री राम बहादर मगरले आगामी दिनमा क्रमशस् मन्त्रालयमै बीमा इकाइ गठन गर्ने साथै छिटोभन्दा छिटो बीमा नीती बनाउन आवश्यक प्रक्रिया पुर्याइ निर्माण गरि कोशी प्रदेशमा सिमान्तकृत व्यक्तीको हित लाई मध्यनजर गरी बीमाका कार्यक्रमहरु ल्याइने साथै सम्बन्धित सबै पक्ष आपसमा मिली समस्या सुल्झाउनु पर्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका राज्यमन्त्री सृजना राई तथा प्रदेश योजना आयोगका उपाध्याक्ष डा. राजेन्द्र अधिकारीसहित प्रदेश सरकारका ६ वटै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखको तथा बीमकका प्रदेश प्रमुखको उपस्थीतिमा रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*