उदयपुर सिमेन्टले दिएन् ६५ कर्मचारीको साढे ३२ करोड तलब

१८ असार २०८१, मंगलवार १८:१३

काठमाडौँ । उयरपुर सिमेन्टका अवकाश प्राप्त कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कम्पनीबाट पाउनु पर्ने सेवा सुविधा रोकिएपछि उद्योगका अवकाश प्राप्त कर्मचारी आन्दोलित भएका हुन् ।

१५ असोज २०७८ सम्म अवकास पाएका कुल ६५ जना कर्मचारीको ३२ करोड ७५ लाख रुपैयाँ सेवा सुविधाबापतको रकम उद्योगले भुक्तानी कम्पनीले गरेको छैन । संघर्षरत कर्मचारीका तर्फबाट संयोजक जगरनाथ चौधरीका अनुसार कर्मचारीले १५ असारका दिन महाप्रबन्धकलाई पत्र लेख्दै १ महिनाको अल्टिमेटम दिइएको छ ।

उपदान, घर बिदा, उपचार खर्च, बीमालगायत सुविधा नियम अनुसार पाउनु पर्ने उनीहरूको माग छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*