एमाले उपाध्यक्ष बादलका छोरा प्रतीक पूर्पक्षका लागि थुनामा

१८ असार २०८१, मंगलवार १७:४४

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीकलाई मंगलबार न्यायाधीश सकुन्तला कार्कीको इजलासले पूर्पक्षका लागि थुनामा पठाएको हो । प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*