सुस्ताएको वाणिज्य बैंक सेक्टरमा देखियो उछाल, कुनको शेयर मूल्य कति ?

१८ असार २०८१, मंगलवार १७:२३

काठमाडौँ । एमाले र काँग्रेसको सरकार बन्ने भएपछि शेयर बजारमा आज उछाल आएको छ । अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने आशले लगानीकर्ताका उत्साह छाएको हो । आज अधिकांश कम्पनीको शेयर मूल्यमा उछाल आएको छ ।

यसदिन बैंकिङ समूहको शेयर ३.०३ प्रतिशत अर्थात् ३३.०८ अकंले बढेर ११२१.७६ बिन्दुमा बन्द भएको छ । आज कारोबारमा आएका १९ वटै वाणिज्य बैंकको शेयर मूल्य बढेको हो ।

मंगलबार एनआइसी एशिया बैंकको ४.५ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.३७ प्रतिशत, नबिल बैंकको ३.९९ प्रतिशत, एभरेष्ट बैंकको ३.४७ प्रतिशत, सिद्धार्थ बैंकको ३.४२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*