४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

१८ असार २०८१, मंगलवार १७:०२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम एक बर्षका लागि बैंक तथा वित्तिय संस्थामा लगानी गर्ने लागेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ३६ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा ६ करोड ७५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड २५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ । उक्त रकम लिन चाहने बैंक तथा वित्तिय संस्थाले लिन चाहेको रकम खोली असार २० गते ७ बजे भित्र ब्याजदर प्रस्तावन गर्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले साउन ३ देखि २०८२ साउन ३ गतेसम्मका लागि उक्त रकम मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

Pension-and-Gratuity-fund-investment-notice-2081.04.03-pdf

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*