पोखरामा ट्रस्ट माइक्रो इन्स्योरेन्सको नयाँ शाखा उद्घाटन

१८ असार २०८१, मंगलवार १६:३९

काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले पोखरामा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । उद्घाटन गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालले गरेका हुन् ।

उद्घाटन समारोहमा प्रमुख अतिथि दाहालले हाम्रा आउँदा दिनहरूको लागि शुभकामना दिए । उनले ट्रस्ट माइक्रो इन्स्योरेन्सले गण्डकी प्रदेशको आर्थिक विकासमा योगदान पु-याउँदै यस क्षेत्रका सीमान्तकृत समुदायलाई सेवा प्रदान गरेर उनीहरूको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ भन्दै यस शाखा कार्यालयको सफलताको कामना पनि दिए ।

प्रमुख कार्यकारी अधिकृत उज्जल ढुंगानाले उद्घाटन गर्दै भने, “पोखरामा शाखा स्थापना गर्न पाउँदा हामी निकै खुशी छौं । यसले यहाँका नागरिकलाई गुणस्तरीय बीमा सेवा उपलब्ध गराउनेछ । यो शाखा मार्फत, हामीले पोखराका व्यवसायी, किसान, तथा अन्य समुदायका मानिसहरूलाई वित्तीय जोखिमबाट सुरक्षित राख्न मद्दत गर्नेछौं ।”

उप–प्रमुख कार्यकारी अधिकृत विश्वजन थापा श्रेष्ठले पनि नयाँ उप–शाखाले ग्राहकहरूको आवश्यकतालाई समयमै सम्बोधन गर्ने विश्वास व्यक्त गरे । कम्पनीले न्यून आय भएका तथा सीमान्तकृत समुदायका लागि सुलभ र प्रभावकारी लघु बीमा सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि सेवा विस्तार र गुणस्तर अभिवृद्धि गर्दै जाने प्रतिबद्धता व्यक्त भऐको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*