प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

१८ असार २०८१, मंगलवार १५:५१

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले विक्री प्रबन्धक नियुक्ती सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यस कम्पनीले २ अर्ब ५० करोड रूपैयाँ कायम गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*