नेपाल लाइफको बोनसदर बृद्धि गर्न सामूहिक पहल गर्ने

१८ असार २०८१, मंगलवार १६:१५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितलाई दिइने बोनसदर बृद्धि गर्न सामूहिक पहल गर्ने सहमति भएको छ । नेपाल लाइफको बार्षिक साधारणसभास्थल बीरगन्जमा सञ्चालकहरुका बीचमा भएको अनौपचारिक छलफलमा नेपाल लाइफको विद्यमान बोनसदरलाई अझै बृद्धि गर्न सामूहिक प्रयास गर्ने सहमति भएको हो ।

छलफलमा बीमा अभिकर्ताहरुले देखाएको चासो र चिन्ताको उच्च कदर गर्दै आगामी दिनमा नेपाल लाइफबाट बीमितले पाउने बोनसदर अझै बृद्धि गर्न एक्चुरी तथा लेखापरिक्षकहरुसँग पारदर्शी र सामूहिक छलफल पश्चात बीमा अभिकर्ताहरुको चासो र चिन्ता सम्बोधन गर्ने निर्णय भएको हो ।

जीवन बीमा कम्पनीको बोनसदर बीमा कम्पनीले आर्जन गरेको मुनाफा तथा लगानीबाट प्राप्त प्रतिफलमा आधारित हुन्छ । एक्चुरीले समेत चाहेर पनि बढाउन वा घटाउन नसक्ने बोनसदर बारे बीमा अभिकर्ताहरुले जसरी पनि बृद्धि गर्नुपर्ने भन्दै चासो दिइरहेका थिए । देशैभरिकाका अभिकर्ताले कम्पनीप्रति माया देखाउँदै बीमितको हितमा बोनसदर बृद्धि हुनुपर्ने माग गरिरहेको सम्बन्धमा आज बसेको बोर्ड बैठक अघि अनौपचारिक छलफल गरेको हो ।

अभिकर्ताको माग पूरा गर्न एक्चुरी नै राखेर यो बिषयमा निक्यौल निकाल्ने सहमती भएको संघका महासचिव तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ अभिकर्ता ओम केसीले जानकारी दिएका छन् ।

पेशागत अभिकर्ता संघ नेपाल नेपाल लाइफ बीमक समितिको अध्यक्ष गणेश अधिकारीले कम्पनी सकारात्मक रहेको भन्दै यसतर्फ ध्यान दिन कम्पनीले एक उच्चस्तरीय समिति नै तयार गर्ने बोर्डले प्रतिवद्धता जनाएको छ ।

नेपाल लाइफसहितका ठूला बीमा कम्पनीहरुको बोनसदर फ्युचर बोनसका कारण प्रभावित भएको हो । नेपाल लाइफ सर्वाधिक बीमा पोलिसी भएको कम्पनी भएकोेले फ्युचर बोनसलाई धेरै रकम प्रोभिजन गर्नु पर्दा बोनस रकम झरेको छ । यद्यपि नेपाल लाइफको व्यवस्थापन खर्च उच्च रहेको, लगानी विविधिकरण गरेर मुनाफा हुन क्षेत्रमा लगाउन नसकेको जस्ता आरोप कम्पनीमाथि अभिकर्ताहरुले लगाउँदै आएका छन् ।

नेपाल लाइफको जीवन बीमा कोषमा मात्र एक खर्ब ८९ अर्बभन्दा बढि छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*