तपाई एनआइसी एशिया बैंकको ग्राहक हो ? पाउनुहोस् यी २७६ संस्थामा आकर्षक छुट

१८ असार २०८१, मंगलवार १५:३२

काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ यो नारा हो ‘एनआइसी एशिया बैंक’ को । वाणिज्य बैंक मध्य सर्वोत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआइसी आम सर्वसाधारणलाई आफूसँग जोडेर साथीको अनुभूति गराइ रहेको छ । एनआइसी एशिया बैंकले आकाश छुने महलदेखि दुर्गम र विकट गाउँमा बस्ने नागरिकलाई साथी बनाएको छ ।

बैंकले नारालाई आत्मसात गर्दै हालसम्म लाखौँ ग्राहकलाई बैकिङ्ग पहुँचमा ल्याइसकेको छ । बैकिङ्ग पहुँचमा ल्याउने मात्र होइन साँचै बैकले साथी अनुभूति दिलाइ रहेको छ । अनुभूति यस कारण दिलाइ रहेको छ कि, बैंकमा जोडिएका ग्राहकलाई बैंकले सुविधा नै सुविधा छुटैछुट दिएको छ । विभिन्न चाडपर्वमा आकर्षण क्यासब्याक पाउँदै आएको एनआइसी एशिया बैंकका ग्राहकलाई आजभोलि जुनसुकै ठाउँमा गए पनि छुटको व्यवस्था हुँदै आइरहेको छ ।

एनआइसीले विभिन्न संस्थासँग गरेको छुट सम्बन्धी सम्झौताले ग्राहकलाई एकातिर किनमेल गर्नेहरूमा जागरूकता ल्याएको छ भने अर्कातिर बैंकमा जोडिनुमा आनन्दित बनाएको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै किनमेलका लागि सहज पार्ने उद्देश्यअनुरूप विभिन्न शीर्षकमा छुट तथा नगद फिर्ता समेत दिदैं आइरहेको छ । कुन कुन संस्थामा पाउँछन् छुट ?

रेस्टुरेन्टमा

एनआइसी एशिया बैंकका ग्राहकलाई १७० रेस्टुरेन्टमा छुट सम्बन्धी व्यवस्था गरिएको छ । ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न संस्थाका छुट सम्बन्धी समझदारी गरेको हो ।

अब एनआइसी एशिया बैंकका ग्राहकहरूले देशभरका जुनसुकै होटेल तथा रेस्टुरेन्टबाट सेवा लिँदा छुट पाउनेछन् । अझ बैंकले छुट सम्बन्धी सम्झौता पर्यटकीय स्थलमा बढी गरेको छ । घुमघाममा जाँदा बैंकका ग्राहकले कुनै पनि होटेलबाट सेवा लिँदा छुट पाउन भन्ने उद्देश्यका साथ बैंकले यस्तो व्यवस्था गरेको हो ।

सूची

https://www.nicasiabank.com/offers/

१०० वटा स्वास्थ्य संस्थामा छुट

स्वास्थ्य छ त सबै पाउन सकिन्छ तर स्वास्थ्य छैन भने अथवा बिरामी भएमा धन खर्च त हुने नै भयो, कमाउने लगायत अन्य कार्य गर्न पनि अक्षम अर्थात् नसक्ने भइन्छ । त्यसैले कमाउनभन्दा गुमाउन नदिने अर्थमा पनि स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएकोमा शायद दुई मत नहोला ।

एनआइसी एशिया बैंकका ग्राहकहरूलाई भने १०० वटा स्वास्थ्य संस्थामा छुट सम्बन्धी व्यवस्था रहेको छ । उपचारको क्रममा आफ्ना ग्राहकहरूलाई आर्थिक रूपमा केही सहज होस् भन्ने हेतुले बैंकले विभिन्न स्वास्थ्य संस्थाहरूसँग छुट सम्बन्धी समझदारी गरेको हो ।

खाना र पेय पदार्थ
तीन वटा संस्थाले बैंकका ग्राहकलाई खाना तथा पेय पर्दामा विशेष छुट दिने भएको छ । बैंकले ग्राहकको सहरीकरणका लागि तीन संस्थासँग उक्त छुट सम्बन्धी समझदारी गरेको हो ।

तीन संस्थामा क्यासब्याक अफर

तीन वटा संस्थाको सेवा लिँदा बैंकका ग्राहकले क्यासब्याक पाउने गरेका छन् । बालाजी डायमण्ड डिजाइन प्रालि, आगन्तुक रिसोर्ट र माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट र स्पामा ग्राहकले क्यासब्याक अफर पाउने छन् ।

One thought on “तपाई एनआइसी एशिया बैंकको ग्राहक हो ? पाउनुहोस् यी २७६ संस्थामा आकर्षक छुट

  1. Mukeshwar Khawas says:

    NIC Asia bank is better than other

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*