शेयर लगानीकर्ताहरु किन चाहान्छन् अर्थमन्त्री विष्णु पौडेल ?

काठमाडौं । जब जब विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना हुन्छ तब तब शेयर बजारमा एकाएक उछाल आउँछ । आज पनि वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ सरकार गठन हुने त्यसमा पनि एमालेले अर्थमन्त्री पाउने चर्चासँगै विष्णु पौडेल नै अर्थमन्त्री अनुमानमा शेयर बजारमा उछाल आएको छ। शेयर लगानीकर्ताहरु एमालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने खबरले किन उत्साहित हुन्छन् भन्ने बिषयमा सबैलाई जिज्ञासा हुन्छ । लगानीकर्तालाई उनलाई शेयर बजारको हितमा सोच्ने मन्त्री रुपमा चिन्छन् । उनले आफनो कार्यकालमा दुईपटक ब्रोकर कमिशन घटाएका थिए । उनले आर्थिक बर्ष २०७३ साल साउन ५ गते आफनो कार्याकालमा ब्रोकर कमिशन घटाएका थिए । सो निर्णय गरेको एक सातामै नेप्से इन्डेक्स १८८१।४५ को विन्दुमा कायम भएर नयाँ रेकर्ड कायम गरेको थियो । सो पछि पनि उनले उनले आफनै कार्यकालमा ३३ प्रतिशतसम्म ब्रोकर कमिशन घटाएको थियो । सो समयमा पनि शेयर बजारमा उत्साहत छाएको थियो । पछिल्लो समय पूँजीबजारको दायरा ग्रामीण देखि सहरी क्षेत्रसम्म विकास भईसेकेको छ। गृहिणी, विद्यार्थीदेखि उद्योगी तथा व्यवसायिक कारोबारहरुको समेत शेयर बजारप्रति उत्साह देखिएको छ। कतिपयले पुँजीबजारलाई नै जिर्विकोपार्जन गर्ने माध्यम समेत बनाएका छन् । पूँजीबजारप्रति सरकारले लिने नीति र विशेषगरी अर्थमन्त्रीबाट हुने असहयोगका कारण बजारमा भनेजस्तो रौनक आउन सकेको नसकेको लगानीकर्ताहरुको धारणा रहेको छ। आफना समस्या र गुनासाहरु लिएर अर्थमन्त्रीसम्क्ष सुझाव लिएर जाँदा पनि … Continue reading शेयर लगानीकर्ताहरु किन चाहान्छन् अर्थमन्त्री विष्णु पौडेल ?