प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, आजै कांग्रेस एमालेको सरकार नबन्ने

१८ असार २०८१, मंगलवार ११:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिने निर्णय गरेसँगै तत्कालै नयाँ सरकार बन्ने सम्भावना हुँदैन ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका पदाधिकारीहरुको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले यस्तो निर्णय गरेसँगै नयाँ सरकार बनाउने सहमति गरेका दलहरु अप्ठेरोमा पर्ने भएका छन् । हिजो मध्यराति कांग्रेस र एमालेले नयाँ सत्ता गठबन्धन बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए । संविधान अनुसार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा प्रधानमन्त्री प्रचण्ड तत्कालै राजिनामा गर्न बाध्य हुँदैनन् । ३० दिनभित्र विश्वासको मत लिन नसकेमा मात्रै पदमुक्त हुनेछन् ।

बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री तथा माओवादी केन्द्रका उप महासचिव वर्षमान पुनले बीमापोष्टलाई जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*