एमाले सरकारलाई शेयर बजारको हरियो कार्पेट, दोस्रो सर्किट ब्रेकसँगै ४० मिनेटका लागि कारोबार बन्द

१८ असार २०८१, मंगलवार ११:२३

काठमाडौं । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

मंगलबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै लागेको थियो । पुनः खुल्ने वित्तीकै ५ प्रतिशतले बढेर पनि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो ।

शेयर बजार ११ बजेर १ मिनेटमा पहिलो सर्किट लगेर २० मिनेटका लागि बन्द भएपछि ११ बजेर २ं१ मिनेटमा बजार खुल्दा १ मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको हो । सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ। अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएका छन्।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*