सरकार परिवर्तनको खबरले शेयर बजारमा रौनक, विष्णु पौडेल अर्थमन्त्री बन्ने संम्भावनाले लगानीकर्ता उत्साहित

१८ असार २०८१, मंगलवार ११:०७

काठमाडौं। सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा पहिलो केही मिनेटमै उछाल आएको छ। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो।

सोमबार मध्यराती भएको सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् भने दोस्रो चरणको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन्। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने प्रारम्भिक सहमति भएको थियो।

सो सहमतिसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना बढेको हो।कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न आज दिउँसो एमाले सचिवालयको बैठक बोलाइएको छ।

मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।

अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*