खुलेको २ मिनेटमै शेयर बजारमा लाग्यो सर्किट ब्रेक, २० मिनेटका लागि बजार बन्द

१८ असार २०८१, मंगलवार ११:०४

काठमाडौँ । नेप्से परिसूचक ४ प्रतिशतले बढेर २१३५.८७ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ। बजार खुलेको २ मिनेटमै सर्किट ब्रेक लागेको हो। ८२.४८ अंकले बजार बढ्दा यतिखेरसम्म ८ करोड ६९ लाख रूपैयाँको सेयर किनबेच भएको छ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*