प्रि ओपन सेसनमा नेप्से सूचक ३२.४४ विन्दुले बढ्यो
१८ असार २०८१, मंगलवार १०:५८
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ३२.४४ विन्दुले बढेको छ ।
सरकार परिवर्तन हुने कुराले नेप्सेमा उछाल देखिएको हो । सूचक २०८५।८२ अंकमा आएको छ ।
२ करोड ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७८ कम्पनीको ६५ हजार ३ सय २२ कित्ता सेयर कारोबार भएको छ । १७३ कम्पनीको भाउ बढेको छ ।