कामना सेवा विकास बैंकले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने

१८ असार २०८१, मंगलवार १०:५८

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतिशतका दरले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैंकको असार १७ गते अर्थात सोमबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको निर्णयले उक्त शेयर निष्काशन गरिने भएको हो ।

आर्थिक वर्ष २०८०।८१ को आगामी आर्थिक वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायले स्वीकृतीको अनुमति दिएपश्चात बैंकले उक्त शेयर निष्काशन गर्ने भएको छ।

बैंकले १ सय रुपैयाँका दरले ३५ लाख इकाई अर्थात ३५ करोड बराबरको उक्त शेयर निष्काशन गर्ने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*