सेन्ट्रल फाईनान्सको २.८३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१८ असार २०८१, मंगलवार ०९:१४

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले संस्थापक शेयरधनी बेनुका जोशीको नाममा रहेको दुई लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले असार १८ गतेले ३५ दिनभित्र ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वा शेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्केट्समा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*