प्रचण्डलाई दिएको समर्थन फिर्ता गर्ने एमालेको निर्णय, राष्ट्रपति कार्यालयमा दर्ता भयो पत्र

१८ असार २०८१, मंगलवार ०७:०६

काठमाडौं । नयाँ सरकार गठन गर्ने सहमति गरेको एमालेले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । समर्थन फिर्ता लिने निर्णय हिजै मध्ये राति राष्ट्रपति कार्यालयमा दर्ता गरिएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मध्ये राति नै एमालेका अध्यक्ष केपी ओली तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल पश्चात एमालेले समर्थन फिर्ताको पत्र दर्ता गराएको हो । यससँगै अब प्रधानमन्त्री प्रचण्डले अब राजिनामा दिने वा ३० दिनभित्र विश्वासको मत लिने दुई मध्ये एक विकल्प मात्रै बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*