मध्यरातमा कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री बन्दै

१८ असार २०८१, मंगलवार ००:१९

काठमाडौं । देशका दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा सत्ता गठबन्धन गरेर अघि जाने सहमति गरेका छन् । सोमबार मध्यराति बुढानीलकण्ठस्थित क्याप्टेन रामेश्वर थापाको निवासमा कांग्रेस सभापति शेर बहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीका बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ । दोस्रो चरणमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् ।

नयाँ सहमति अनुसार अर्थसहित १० मन्त्रालय एमालेले लिनेछ भने नेपाली कांग्रेसले गृहसहित ११ मन्त्रालय लिनेछन् । ओली नेतृत्वको सरकारमा एमालेका विष्णु पौडेल वा पदम गिरी अर्थमन्त्री बन्नेछन् ।

नयाँ सरकारको एजेण्डा राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधन मुख्य रुपमा अघि सारिएको छ । उक्त संविधान संशोधनको एजेण्डामा समानुपातिक निर्वाचन प्रणालीलाई थप कसिलो बनाउन खोजिएको छ । जसबाट सानादलको अस्तित्व विस्तारै कम हुँदै जानेछ ।

हिजो राती केही नेता र मन्त्रीहरुलाई साथमा राखेर छलफल गरिरहेका ओली राति ११ बजे इश्वर पोखरेललाई साथमा लिएर बालकोटबाट बाहिरिएका थिए । अघिल्लो दिन तीन घण्टा हराएका ओली एक घण्टा हराएर मध्यराति साढे १२ बजे बालकोट फर्केको एमाले स्रोतले जनाएको छ । मध्यराति घर फर्कदा आफू प्रधानमन्त्री सहमति पत्रमा हस्ताक्षर गरेर फर्केका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*