धितोपत्र बोर्डको अध्यक्ष छनौट समिति पुनगर्ठन गर्ने मन्त्रिपरिषदको निर्णय

१७ असार २०८१, सोमबार २२:१७

काठमाडौं । यसअघि गठित नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले करिब पाँच महिनासम्म पनि अध्यक्ष छनौट गर्न नसकेपछि सरकारले आज उक्त समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन गर्ने निर्णय गरेको हो । नयाँ समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव मधु मरासिनी र अर्का एक सदस्य रहनेछन् ।

अर्का सदस्यको नाम अन्तिम टुंगोमा पुगिसकेको छैन । स्रोतले यसअघिकै उदय निरौला नै पनि हुनसक्ने जनाएको छ । दिउँसो बालुवाटारमा भएको सहमति अनुसार धितोपत्र बोर्डको अध्यक्ष पदमा एमाले पक्षबाट नियुक्ती गर्ने सहमति अनुसार आजै दोस्रो पटक समिति गठन गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*