लुम्बिनी प्रदेश कार्यालयद्वारा बीमा क्षेत्रका कर्मचारीको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले ‘अण्डरराइटिङ्ग तालिम’ प्रदान

१७ असार २०८१, सोमबार १८:२७

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयले दाङ जिल्लाको लमहीमा रहेको सिद्धार्थ होटल ग्रिनमा आज (असार १७ गते) एक दिवसीय अण्डरराइटिङ तालिम प्रदान गरेको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले एक दिवसीय ‘अण्डरराइटिङ्ग तालिम’ प्रदान गरेको हो ।

नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्ण बहादुर थापाले अध्यक्षता गरेको उक्त कार्यक्रममा जीवन, निर्जीवन, लघु जीवन र लघु निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका प्रत्येक बीमकबाट २ जनाको दरले ७० जना कर्मचारीको सहभागिता रहेको प्रदेश प्रमुख थापाले जानकारी दिए ।

जीवन बीमाको तर्फबाट मेट लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख शशिधर पराजुलीले Financial Underwriting, Medical Underwriting सम्बन्धी विषयमा तालिम प्रदान गरेका थिए । साथै, नेपाल बीमा प्राधिकरणका कार्यालय प्रदेश प्रमुख पूर्ण बहादुर थापाले  Anti-money laundering, comeback terrorism financing and Nepal Insurance Authority and It’s Legal Provision  सम्बन्धी विषयमा तालिम प्रदान गरेका थिए ।

निर्जीवन बीमा तर्फबाट नेको इन्स्योरेन्स लिमिटेडका प्रदेश प्रमुख रमेश थापाले Property Insurance Underwriting & its Claims Procedure र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश प्रमुख विश्विदपक नेपालले Motor Insurance  Underwriting & Its Claims Procedure सम्बन्धी विषयमा तालिम प्रदान गरेका थिए, भने नेपाल बीमा प्राधिकरणका कार्यालय प्रदेश प्रमुख पूर्ण बहादुर थापाले Anti-money laundering, comeback terrorism financing and Nepal Insurance Authority and It’s Legal Provision सम्बन्धी विषयमा तालिम प्रदान गरेका थिए ।

जीवन तथा निर्जीवन बीमा कम्पनीका सहभागीहरुको तर्फबाट बोल्ने बक्ताले प्राधिकरणले दिएको एक दिवसीय तालिम एकदमै प्रभावकारी भएको र यस्तो तालिम बीमाको विषयवस्तु अर्थात Portfolio wise अण्डरराइटिङ्ग ट्रेनिङ्ग दियो भने कर्मचारिहरुको पेशागत दक्षता अभिबृद्धी हुने कुरा ब्यक्त गरे ।

अन्तमा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको अण्डरराइटीङ्ग तालिम कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले उठेको समस्या तथा जिज्ञासाहरुको उत्तर दिंदै कार्यक्रममा सहभागी भएका कर्मचारीहरुलाई तालिम प्रमाणपत्र वितरण गरी उपस्थित सम्पूर्ण प्रशिक्षक तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*