हकप्रद र आइपीओ स्वीकृती दिने प्रकृया रोकिने

१७ असार २०८१, सोमबार १८:१६

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले आइपीओ, हकप्रद र डिभेञ्चर जस्ता सार्वजनिक निष्काशन नहुने देखिएको छ ।

विगत ६ महिनादेखि रोकिएको आइपीओ, हकप्रद र डिभेञ्चरले अध्यक्ष नरेन्द्र कुमार रानाले स्वीकृत दिने प्रकृयापछि आम लगानीकर्ताले केही राहत पाएका थिए ।

बोर्डले हिमालयन उर्जालाई हकप्रदको स्वीकृती प्रदान गरेको छ भने स्पिङ मिल्सले बुक बिल्डिङमा आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । करिब ६ महिनापछि आइपीओ र हकप्रदको पखाईमा रहेका लगानीकर्ताको आश भने निराशामा बदलिने भएको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्षले नरेन्द्र कुमार रानाले प्रशासकीय प्रमुखको जिम्मेवारी कार्यकारी निर्देशक डा। नवराज अधिकारीलाई दिएको छ।नेपाल धितोपत्र बोर्डका अध्यक्षले नरेन्द्र कुमार रानाले अर्थमन्त्रालयमा बजेटको कामकारवाहीको चापको कारण हालालई बोर्डका कार्यकारी निर्देशकलाई प्रशासकिय प्रमुखको जिम्मेवारी दिएको हो।

रानाको अनुपस्थितिमा अध्यक्षको हैसियतले प्रशासकिय कामको अधिकारको बिषयमा बोर्डको सबै काम अघि बढाउने अख्तियारी उनले पाएका छन्।तर उनले हकप्रद शेयर, प्राथमिक शेयर, डिभेञ्चर र एफपीओ अनुमति दिने अधिकार भने पाएका छैनन् । सो कामकारवाही भने संचालक स्वयमले गर्न नचाहेको देखिन्छ । कारण पूर्वअध्यक्ष रमेश हमाल सोबेनबाट बिदाई भएसँगै कुनै पनि सार्वजनिक निष्काशन स्वीकृत गर्ने काममा बोर्डले अग्रसरता देखाएको छैन ।

यति मात्रै नभई बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारीले पनि यस अघि नेत्तृवकै जिम्मेवारी पाएपनि उनले पनि कुनै सार्वजनिक निष्काशनलाई अनुमति दिएका थिएनन् । अन्ततः ऐन अनुसार अर्थमन्त्रालयबाट प्रतिनिधि गरेर बोर्डको अध्यक्षको जिम्मेवारी सम्हालेका रानाले एक कम्पनीको आइपीओ र एकको हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

सो आधारमा हेर्ने हो भने पनि अध्यक्ष राना नै अर्थमन्त्रालयबाट बजेटको काम सकेर नआँउदासम्म कुनै सार्वजनिक निष्काशनलाई अनुमति दिने अवस्था देखिदैन । र उनले यो अधिकार डा। अधिकारीलाई पनि दिएका छैन । सो कारण पनि बजेट अगावै सार्वजनिक निष्काशनले अनुमति पाउने देखिदैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*