सन नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशद्वारा विद्यार्थीहरूलाई पोशाक वितरण

१७ असार २०८१, सोमबार १८:१६

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेश कार्यालयले महोत्तरीमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम गरेको छ । कम्पनीले बर्दिवास नगरपालिका महोत्तरीमा नगर उप प्रमुख तारा देवी महतोको आतिथ्यतामा उक्त कार्यक्रम गरेको हो ।

सोही कार्यक्रम मार्फत आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई पोशाकको आवश्यकता रहेको हुदाँ शिक्षणमा सहयोग पुग्ने उद्देश्यका साथ श्री रामजानकी आधारभुत विद्यालय अकुवानटोल, बर्दिवास नगरपालिका – १२, महोत्तरीमा साना विद्यार्थीहरूलाइ ६० थान पोशाक सहयोग दिइएको हो ।

कम्पनीका प्रदेश प्रमुख नबराज चौधरी, नगर उप प्रमुख तारा देवी महतो लगायत उपस्थित सम्पुर्ण अभिभावक, शिक्षक, कर्मचारी मार्फत विद्यार्थीहरूलाइ उक्त समाज हस्तान्तरण गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*